धनगढीः कैलालीको धनगढी र टीकापुरमा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा २ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१९ धामी चोकमा सुदूरपश्चिम प्रदेश ०१०११ प २१२७ नम्बरको स्कुटर पल्टिदा ३२ वर्षीया एक महिला घाइते भएकी छन्। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।
यस्तै टीकापुर नगरपालिका–१ डुडेझारीमा सुदूरपश्चिम प्रदेश ०१००८ प २७७८ नम्बरको मोटरसाइकल पल्टिदा २५ वर्षीय एक युवक घाइते भएका छन्। उनको टीकापुर अस्पतालमा उपचार भइरहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ।