धनगढी । कैलाली र कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ७ लाख बढीको अवैध सामान बरामद गरेको छ । सोमबार कैलालीको गोदावरी, भजनी, टीकापुर, कैलारी, कञ्चनपुरको भीमदत्त नगरपालिका र बेलौरीबाट अवैध सामान बरामद गरिएको हो ।
गोदावरी नगरपालिका – ३ चौकिडाँडा स्थित मालाखेती जाने बाटो, भजनी नगरपालिका – ९ भुरुवाघाट जाने बाटो, टीकापुर नगरपालिका – ९ बालुवाटार स्थित सडक खण्ड, कैलारी गाउँपालिका – ४ ‘के’ गाउँ स्थित मिलन सामुदायिक वन र कैलारी गाउँपालिका – ७ कठैनी काठे पुल नजिकबाट अबैंध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका ३ लाख १ हजार ९ सय बराबरको समान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जसअन्तर्गत प्याज, चिनी, बिडी, सुर्ती, मिठाई, साबुन, क्रिम, सिद्रा माछा, सुट पिस, लेडिज जुत्ता, मोटरसाइकल लगायतका सामानहरू रहेका छन् ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – ११ चौकीसत्ता र बेलौरी नगरपालिका – ६ ढक्का चाँदरबाट अबैंध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी ४ लाख ७ हजार १४० रुपैयाँ बराबरको बिडी, हार्डवेयर, मोटरसाइकल लगायतका सामानहरू सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ ।
कैलाली कञ्चनपुरबाट ७ लाखको अवैध सामान बरामद
कैलाली कञ्चनपुरबाट ७ लाखको अवैध सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु