धनगढी । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले १५ औ महाधिवेशनमा पनि आफु चुनाव लडेने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सो कुरा बताएका हुन् ।
काइरालाले सभापतिमा चुनाव लडेने र जित्नेमा पनि आफु सतप्रतिशत ढुक्क रहेको बताए । १४ औ महाधिवेशनमा आफु संगै लगेको टिम अहिले पनि दाया बाँया नभएको उनले बताए । महामन्त्री थापा पनि आफु संगै भएको कोइरालाले दावी गरे । नेपाली काँग्रेस महाधिवेशनका लागि जुर्मुराएको छ , पार्टी सभापति शेर बहादुर देउवासँग आफ्नो कुनै दुरी नभएको उनको दाबी छ। उनले सभापति सुदूरपश्चिमको मात्र नभइ देशकै आदरणीय ब्यक्ति रहेको बताए ।
काइरालाले वर्तमान सरकार असफल भए देशमा अराजकता निम्तिने बताएका छन् । नेता डा शेखर कोइरालाले सरकारलाई असफल हुने छुट नभएको बताएका हुन् । जुन म्याण्डेड अनुसार सरकार बनेको हो त्यही अनुसार अघि बढनु पर्ने उनले बताए । नेता कोइरालाले सरकारले तत्काल संविधान सुधारका लागि सबै दलसँग समन्वय र समझदारी गरेर अघि बढनु पर्ने बताए । अहिलेसम्म सरकारले संविधान सुधारका बारेमा छलफल नै नगरेको दावी गरे । सरकार बनेको ५ महिना भयो, अब सुधार गर्दै अघि बढनु पर्ने उनले बताए । वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रधानमन्त्री स्वयंले नै स्विकारेका ले सरकारले गतिमा सुधार ल्उाएनुपर्ने बताए ।