बाजुरा: बाजुरामा शनिबार बिहान गएको भूकम्पका कारण १६ घरमा क्षति पुगेको छ । जगनाथ गाउँपालिका वडा नम्बर –५ को गोत्रीमा केन्द्रबिन्दु बनाएर ५।२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पबाट मानवीय क्षति नभए पनि भौतिक रुपमा भने क्षति पुगेको छ । भूकम्पबाट १६ घर चर्किएका छन् । चर्किएको घर बस्न लागयक नभएको र गत वर्ष माघ १० गतेस्वामिकार्तिक गाउँपालिकाको मेलामा केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्पले चर्किएका घरमा थप क्षति रहेका छ ।
यती बेला फेरि भूकम्पले घर हल्लाएपछि घर छोडेर बाहिर आएका कारण मानवीय क्षति भने भएन । तर घर भने बस्न लायक नहुने गरेर चर्किएको जगनाथ गाउँपालिका वडा नं –५ का स्थानीय अनिराम दमाइले बताए । चर्काइएको जगनाथ गाउँपालिका –५ का वडा अध्यक्ष गौरी सार्कीले भूकम्पका कारण स्थानीयका घर चर्किएको जानकारी दिए । उनले भूकम्पबाट कुनै मानवीय क्षति भएको बताए ।
बाजुराको गोत्रीमा केन्द्र बिन्दु बनाएर फेरि भूकम्प गएको भन्ने कुरा जानकारीमा आएको छ । अहिले त्यो ठाउँ लगायत जिल्लाका विभिन्न ठाउँमा के कती क्षति गरेको भन्ने त्यसको बारेमा तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भूकम्पले मानवीय क्षति भने नभएको जानकारीमा आएको छ । तर यहाँ रहेका केही पुराना तथा जीर्ण रहेका घरमा भने क्षति गरेको छ । ती घरमा पनि के कती क्षति भएको त्यसको बारेमा जिल्ला भरीको तथ्याङ्क लिने काम भइरहेको जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।