अत्तरियाः नेपाल कम्युनिष्ट पार्टी ९मसाल०का महामन्त्री मोहनविक्रम सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन्। सो पार्टीले समसामयिक विषयमा धारणा राख्न शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गर्नुपर्ने बताएका हुन्। थोरै पुँजी भएका जनताको थोरै–थोरै रकम सुरक्षाका लागि जम्मा गर्ने माध्यम सहकारी हो। तर सहकारीका कारण अर्बौं रुपैयाँ अपचलन भएको भन्दै सत्यतथ्य छानबिन गरी कारबाही हुनुपर्ने उनले बताएका छन्।
यस्तै, देशमा रोजगारीको अवसर नहुँदा विदेशिनेको संख्या बढ्दै गएको उल्लेख गर्दै आफ्नै देशमा रोजगारीको अवसर सृजना गर्नेतर्फ सरकार उद्यत हुनुपर्नेमा जोड दिएका छन्। साथै सङ्घीयताले देशको अर्थतन्त्र कमजोर हुँदै गएको उनको आरोप थियो।