धनगढी:सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसी सरुवा भएपछि राजधानीतर्फ लागेका छन्। उनी कार्यालयमा हिजो गरिएको एक बिदाइ कार्यक्रमपछि राजधानी लागेका हुन्। उनको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय नक्साल, काठमाडौंमा सरुवा भएको थियो। त्यसपछि उनी आइतबार प्रदेश प्रहरी कार्यालय धनगढीबाट त्यतातर्फ लागेका हुन्।
उनलाई निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले मायाको चिनो दिएर बिदाइ गरेका थिए। यस्तै उनको स्थानमा आएका डीआईजी गणेश चन्दले आजबाट कमाण्ड सम्हालेका छन्। आजै काठमाडौंबाट धनगढी आएका उनले पदभार ग्रहण गर्दै कमाण्ड सम्हालेका हुन्। चन्द सुदूरपश्चिमका स्थानीय बासिन्दासमेत हुन्।हालै डीआईजीमा बढुवा भएका चन्दलाई अस्ति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी पठाइएको हो।