धनगढी: धनगढीमा संचालन भईरहेको सुदूरपश्चिम महोत्सवको अवधि ४ दिन थप गरिएको छ । मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भएपनि दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गते सम्म थप गरिएको महोत्सव सचिवालयले जनाएको छ । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुवँरले दर्शकको मागलाई मध्यनजर गर्दै ४ दिन थप गरिएको बताए । उनले ४ दिन थप गरेर पुस ६ गते शनिबार समापन गरिने जानकारी दिए ।
हरेक बर्ष यसै समयमा संचालन भईरहेको महोत्सवले यश क्षेत्रको आर्थिक गतिबिधी चलायमान भईरहेको छ । ३ करोड लगानी अनुमान गरिएको महोत्वसमा उद्योगी व्यवसायको १५ करोड वरावरको कारोवार हुने अनुमान गरिएको छ । महोत्सवमा कृषि,जडिवुटी, हस्तकला फर्निचर,अटोमोवाइल्स,गारमेन्ट,इलेक्टोनिकल,होटल र सुचना प्रविधि गरि ५०० जति स्टलहरु ररहेका छन् । यस वर्षको महोत्सवमा करिब ५ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।