धनगढी । एनपीएलमा काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्समाथि रवाफिलो जित हासिल गरेको छ । शनिबार भएको खेलमा काठमान्डुले पोखरालाई ६ विकेटले पराजित गरेको हो । यससँगै काठमान्डुले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । पराजित भएको पोखराको पनि प्लेअफ पुग्ने सम्भावना बाँकी नै छ ।
पोखराले दिएको १३९ रनको लक्ष्य काठमान्डुले १४।१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । काठमान्डुका लागि स्टिफन एस्किनाजीले अर्धशतकीय पारी खेले । उनले बलमा १० चौका प्रहार गर्दै ६० रन बनाए । माइकल लेभिटले ३२ र भीम सार्कीले २२ रन बनाए ।
पोखराका लागि विपिन खत्री र माइकल लिस्कले १–१ विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पोखराले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।
पोखराका लागि रेमन रेफरले अविजित ४१ रन बनाए । दिनेश खरेलले ३८ रन बनायो । दिलिप नाथले २७ र माइकल लिस्कले २३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । काठमान्डुका लागि भने राशिद खान र करण केसीले ३–३ विकेट लिए । माइकल लेभिट र गेर्हार्ड इरास्मसले १–१ विकेट लिए ।