धनगढी । नेपाल पत्रकार महासंघ कैलालीको अध्यक्षमा श्रवण देउवा सहित उपाध्यक्ष भावना जोशी र सह सचिव शंकर बोहरा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार टंक कुँवरले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा देउवा निर्विरोध भएका हुन ।
त्यस्तै महिला उपाध्यक्षमा भावनाकुमारी जोशी पनि निर्विरोध निर्वाचित भएकी छ्न । जोशीको एकल उम्मेदवारी परेको थियो । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार उपाध्यक्षमा भोजराज रोस्यारा र झलनाथ खनालको उम्मेदवारी परेको छ ।
त्यस्तै सचिवमा तेजराज भट्ट र सुशील ढुंगानाको उम्मेदवारी कायम भएको छ । कोषाध्यक्षमा सुनिल आउजी र घनश्याम पौडेलको उम्मेदवारी परेको छ ।
सहसचिवमा शंकर बोहरा निर्विरोध निर्वाचित भएको छ । उनको एकल उम्मेदवारी परेको थियो । सहसचिव ९समावेशी०मा सुरेन्द्र ताम्राकार र निराजन परियारको उम्मेदवारी कायम भएको छ । सहसचिव ९समावेशी०मा उम्मेदवारी दिएका भुपेन्द्र बिकले उम्मेदवारी फिर्ता लिएका छन ।
८ खुला सदस्यमा १५ जनाको उम्मेदवारी परेको छ । त्यस्तै १ दलित सदस्यका लागि २ जना र १ महिला सदस्यका लागि पनि दुई जनाको उम्मेदवारी परेको छ । आदिवासी जनजाति सदस्यमा सुधराम दहित,अन्य समावेशी सदस्यमा जगत जैगडी र मधेशी सदस्यमा टेकसिंह धामी निर्विरोध भएका छ्न ।
मंसिर २८ गते शुक्रबार महासंघका तीनै तहको निर्वाचन हुदै छ । केहि समय सदस्यता विवाद देखिए पनि शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएपछि भोली निर्वाचन हुन थालेको हो ।