बाजुरा: बाजुराको बुढीनन्दा नगरपालिका–९ मा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयले आगो बालेर पठनपाठन गर्दै आएको छ। गत आइतबार रातीदेखि यहाँ बाक्लो हिमपात सुरु भएपछि बालबालिकाहरुको पढाइमा असर नपर्ने गरी विद्यालयले बाहिर आगो बालेर बालबालिकाहरुलाई पठनपाठन गर्न थालेको हो ।
हिमपातका कारण बालबालिकाहरुको पढाइ प्रभावित हुने भएपछि अहिले आगो बालेर पढाउने गरेको विद्यालयले जनाएको छ । बाहिर बाक्लो हिमपात परिरहेको छ । तर यहाँका बालबालिकाहरु भने हातहातमा किताव समातेर राम्रोसँग पढिरहेका छन् । हिमपातका कारण चिसो भएपछि आगो बालेर किताब पढ्ने गरेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्र उमेश रावतले बताए ।