धनगढी: उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले सुदुरपश्चिमका दुई मेघा प्रोजेक्टको काम छिट्टै अगाडी बढ्ने बताएका छन् । सुदुरपश्चिम महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले ८ सय मेगावाट क्षमताको पश्चिम सेती जलबिधुत आयोजना निर्माणका लागी स्वूकृत गरिएको बताए । हामीले पश्चिम सेती जलबिधुत आयोजना निर्माणका लागी भारतिय कम्पनिसगं सम्झौता गरिसकेका छौा उनले भने “त्यसको डिपिआर भइसकेको छ र अब त्यसको काम छिट्टै अघी बढ्छ, यसका साथै अपर कर्णाली जलबिधुत आयोजनाको लागत स्टमेट स्वूकृत भइसकेको छ र काम अगाडी बढाउने गरी तयारी थालिएको छ ।” यि दुई आयोजनालाई सरकारले उच्च प्रार्थमिकतामा राखेको उनले बताए ।
भण्डारीले लगानी भित्र्याउनका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर जाने बताएका छन्। सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको उनले बताए । मन्त्री भण्डारीले लगानी भित्र्याउनका लागि सरकारले नीतिगत सुधार गर्न लागेको पनि बताए ।
सुदूरपश्चिममा प्रशस्त सम्भावना भए पनि राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको उनको भनाइ थियो ।