धनगढी । धनगढीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि उपशाखा कार्यालयले २ दिने वित्तीय साक्षरता तथा अन्तरक्रियारगोष्ठी कार्यक्रम धनगढीमा सम्पन गरेके छ । समाजमा रहेको गरिबी लाई न्यूनीकरण लाई टेवा पुग्ने उदेयले २०४८ साल कारोबार कारोबर सुरु गरी हाल देशका ६१ वटा जिल्लामा १४५ वटा शाखा र उपशाखा गरी संस्थाले अहिले २ लाख ६१ हजार सदस्य लाई सेवा दिईरहेको कार्यालय प्रमुख देव राज मिश्रले जानकारी दिए ।
दुई दिन सम्म संञ्चालन भएको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रममा महिला सदस्यहरू लाई आफूले गर्ने आर्थिक कारोबारको विषयमा जानकारी, हाल भएका समसामयिक समस्याहरु बारे जानकारी, वित्तीय शिक्षा अन्तर्गत पर्ने बजेट,बचत,कर्जा,ब्याबसाय सञ्चालन,कर्जा को उद्देश्य अनुशार कर्जा सदुपयोगका बारेमा जानकारी दिईएको हो ।
त्यस्तै हाल वित्तीय संस्था ले दिई रहेका सेवा र हाल संस्थामा रहेको समस्याका बारेमा छलफल गरिएको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर एक का अध्यक्ष सन्तोष मुडभरी , वडा नम्बर ४ का अधक्ष्य बुद्धि खड्का, जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक दर्शन खड्का, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि इलाका कार्यालय धनगढी कैलाली का क्लस्टर क प्रमुख श्री राजेन्द्र कुमार श्रेष्ठ तथा संस्था लि इलाका कार्यालय धनगढी कैलाली का क्लस्टर ख प्रमुख श्री सुरेन्द्र कार्कीको समेत सहभागिता रहेको थियो । त्यस्तै आर्थिक बर्ष २०८० र ८१ मा उपशाखा कार्यालय धनगढी अन्तर्गत का प्रथम द्वितीय र तिर्तिय हुने केन्द्रलाई नगद पुरस्कार सहित सम्मान गरिएको कार्यलय प्रमुख देव राज मिश्रले जानकारी दिए ।