धनगढीः कैलालीबाट २ लाख ८२ हजारको भन्सार छलीको सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान धनगढी–२ आदर्श चोक, धनगढी–९ त्रीवेणीघाट, भजनी–३ जस बहादुरघाट र टीकापुर–९ भ्यूटावर स्थित नदी छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ८२ हजार १ सय बराबरको सामान बरामद गरिएको हो।
चिनी, खानेतेल, केराउ, पानीपुरी, सुर्ती, प्लाष्टिक झिल्ली, डिस्पोजल चम्चा, माछा, मोटरसाईकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी शुक्रवार नियन्त्रणमा लिएको हो।