धनगढी । आजदेखि सुदूरपश्चिम महोत्सवको सुरु हुँदैछ । १८ औँ संस्करणको सुदूरपश्चिम महोत्सवको तयारी पुरा भएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कैलाली उद्योग बाणिज्य सघंका महासचिव ओम बिष्टले बताए ।
धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा हुने महोत्वस पुस २ गतेसम्म सञ्चालन हुनेछ । कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरी ५३१ वटा स्टल रहने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । १० दिन सम्म संञ्चालन हुने महोत्वमा राष्ट्रिय तथा स्थानीय कलाकारको वेजोड प्रस्तुती रहने छ ।