धनगढी: थारु समुदायको ठुलो पर्व लवाङ्गी कैलालीको घोडाघोडीमा शनिबार सम्पन्न भएको छ । पश्चिम तराईका थारुहरुको कुलदेवताको रुपमा रहेको कैलालीको घोरीघोरा देउथानमा सो पूजा धुमधामका साथ सम्पन्न भएको हो । विश्व रामसारसाइड घोडाघोडीमा थारु समुदायले सामूहिक रुपमा पूजा सम्पन्न गरेको घोडाघोडी नगर भल्मन्सा समितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । उनले यसवर्ष अरु वर्षभन्दा अझ उल्लास र व्यापकरुपमा पूजा सम्पन्न भएको बताए ।
यसवर्ष पूजामा कैलालीका आठवटा पालिकाका गुरुवाहरुको सहभागिता रहेको थियो । थारु समुदायले नयाँ अन्नबाली भित्र्याइसकेपछि आफ्नो कुल देवतालाई चढाएर लवाङ्गी पूजा गरिने चलन छ ।