बैतडी: बैतडीको पाटनमा आयल स्टोर सञ्चालनमा आएको छ। विशाल ट्रेडर्सले आयल स्टोर सञ्चालनमा ल्याएको हो । पाटन नगरपालिका-६ स्थित उदयदेव मन्दिरको नजिकै आयल स्टोर सञ्चालनमा ल्याइएको सञ्चालक कृष्णसिंह भाटले जानकारी दिए। शुक्रबार एक कार्यक्रमको आयोजना गरेर आयोल स्टोरको उद्दघाटन गरिएको र पेट्रोलियम पदार्थ विक्रिवितरण शुरु गरिएको उनले बताए।
आयल स्टोरमा ६–६ हजार लिटर क्षमताका दुईओटा ट्यांक राखिएका र नियमित रुपमा पेट्रोलियम पदार्थ उपलब्ध हुने भाटले बताए। आयल स्टोरबाट चौबिसै घण्टा पेट्रोलियम पदार्थको बिक्री वितरण गरिने बताइएको छ। नेपाल आयल निगमले तोकेको मूल्यमा डिजेल र पेट्रोल उपलब्ध हुने आयल स्टोरका सञ्चालक भाटले बताए। पाटनमा आयल स्टोर सञ्चालनमा आएसँगै ग्राहकहरुलाई सहज भएको स्थानीय ध्रुब बिष्टले बताए। पाटन क्षेत्रमा पेट्रोल पम्प नहुँदा अहिलेसम्म ग्राहकहरुले महंगोमा डिजेल र पेट्रोल खरीद गर्दै आएका थिए। यसअघि बैतडीको सतबाँझमा मात्रै आयल स्टोर रहेको थियो।
सतबाँझमा रहेको भण्डारी आयल स्टोरले केही दिन अघिबाट मात्रै नियमित रुपमा पेट्रोल बिक्री सुरु गरेको थियो। करिब दुई वर्षसम्म पेट्रोल पम्पमा पेट्रोल नहुँदा ग्राहकहरुले महंगोमा किन्नुपर्ने बाध्यता रही आएको थियो।