धनगढी । सुदूरपश्चिममा लैङ्गिक समानता र हिंसासम्बन्धी बनेका ऐन कार्यान्वयन गर्न चुनौती देखिएको छ । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पटक पटक हुने सरकार परिवर्तनका कारण कानुन कार्यान्वयनमा समस्या आएको बताए ।
बुधबार सुदूरपश्चिम प्रदेश सभा महिला समन्वय समितिले यौन तथा प्रजनन स्वास्थ्य अधिकार लैङ्गिक विभेदमा आधारित हिंसा बालविवाह र हानिकारक अभ्यास सम्बोधनका लागि लैङ्गिक संवेदनशील नीति विषयक कार्यशाला गोष्ठीमा बोल्दै सभामुख भण्डारीले सो कुरा बताए ।
सभामुख भण्डारीले भन्नुभयो, “प्रदेश र स्थानीय तह जोड्ने आधार छैन, अब धेरै समय यस्तो अवस्था हुनुहुँदैन । कानुनको प्रभावकारी कार्यान्वयनका लागि ऐन संशोधन गर्न सबै मन्त्रालयमा ड्राप्ट पठाएको छ । केन्द्र प्रदेश सरकारको उदासीनताले कानुन कार्यान्वयनमा ढिलाइ भएकाले सरकारलाई जिम्मेवार बन्न आग्रह गरे ।
उहाँले प्रदेश सभालाई प्रभावकारी बनाउन छलफल जारी राखेको बताउनुभयो । समितिकि संयोजक तथा प्रदेशसभा सदस्य सन्तोषी शर्मा थापाले कानुनको प्रभावकारी कार्यान्यन लागायतमा समितिले महत्वपूर्ण भूमिका खेल्ने बताए । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष तथा नर्वेजियन राजदूतावासको सहकार्य र सुदूरपश्चिम प्रदेश सभा, महिला समन्वय समितिले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत यो गोष्ठी आयोजना गरिएको थियो ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष सुप प्रमुख कृष्ण भट्टराई, सुदूरपश्चिम प्रदेश सभामा नेतृत्व गरिएका महिला सांसद, विभिन्न राजनीतिक दलमा आबद्ध रहेका महिला नेता, अन्तरपार्टी महिला सञ्जालमा आबद्ध भएका महिलालगायतको सहभागिता थियो ।
गोष्ठीमा अधिवक्ता मोहनलाल आचार्यले सुदूरपश्चिमको लैङ्गिक समानता र हिंसा सम्बन्धमा भएका नीतिगत व्यवस्थाबारे तयार पारिएको टिप्पणी गर्नुभयो । यस्तै, कार्यशालामा जनस्वास्थ्य विज्ञ घनश्याम पोख्रेलले सुदूरपश्चिम प्रदेशको यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्वन्धी नीति, ऐन तथा कार्यक्रम र विद्यमान चुनौतीबारे महत्वपूर्ण जानकारी गराउनुभएको थियो ।
लैङ्गिक हिंसा, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित ९सिइडीइडब्लु० र ९युपिआर० सिफारिसहरूको स्थानीयकरणबारे कमला खत्री बिष्टले जानकारी गराउनुभयो । ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सहभागी महिलाको जोड थियो । संयुक्त राष्ट्र सङ्घले २०३० सम्म लैङ्गिक, महिला, बालबालिका विरुद्धको सबैखाले हिंसा अन्त्य गर्ने अभियान सुरु गरेको छ ।