धनगढी । नेपाल प्रिमियर लिग ९एनपीएल०अन्तरगत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको आजको भएको खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो ।
युवा स्पिनर नरेन साउदले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि काठमाडौंले ७३ रनको फराकिलो हार स्वीकार्यो । प्रतियोगितामा पाँच विकेट लिने नरेन दोस्रो बलर हुन् । यसअघि चितवन राइनोजका पाकिस्तानी फास्ट बलर सोहल तनवीरले काठमाडौंविरुद्ध नै पाँच विकेट लिएका थिए ।
आजको खेलमा काठमाडौंले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । सुदुरपश्चिमले ब्रान्डन म्याकमुलनको अर्धसतक र कप्तान दिपेन्द्र सिंह ऐरीको ४३ रन मद्दतमा १६७ रनको बलियो स्कोर खडा गर्न सफल भयो ।
जवाफी ब्याटिङमा काठमाडौंले १५।५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै जोड्न सक्यो । काठमाडौंका स्टेफन स्किनाजीले ३७ रन जोडे भने अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन् । प्रतियोगितामा पहिलो म्याच खेलिरहेका सुदुरपश्चिमका नरेनले ३।५ ओभरमा १९ रन मात्रै खर्चेर ५ विकेट लिँदै टिमको जित सुनश्चित गरे । अविनाश बोहराले दुई विकेट लिए ।