धनगढी: ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा बृहत र्याली निकालिएको छ । महिला हिसां बिरुद्ध एक हौँ, महिला हिसां अन्त्य गरौँ लगायतका नारा सहित वडा नम्बर १२ मा र्याली निकालिएको हो । फेडोको सहकार्यमा वडा नम्बर १२ ले जनचेतना फैलाउने उद्देश्य सहित र्याली निकालेको हो । वडा कार्यालय हुँदै हनुमान मन्दिरबाट फेरी वडा कार्यालयसम्म बिभिन्न संस्थाका प्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयम सेबिका र बिद्यार्थीहरु सहित र्याली निकालिएको हो ।
नोभेम्बर २५ देखि सुरु भएको अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई अभियानमा मात्रै सिमित नराखी ब्यवहारमा लागु गर्नुपर्नेमा जोड दिइएको छ । सहभागीहरुले हिंसा प्रभावित महिलाले न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने जरूरी रहेको धारणा राखेका थिए । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष शेर बहादुर महराले महिलाहरुलाई सबल बनाउन बिभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेको बताए । महिलाहरुलाई आत्मनिर्भर तथा राजनितिक क्षेत्रमा सहभागीता बढाउन सके मात्रै हिसां निर्मुल गर्न सकिने उनको भनाई छ । महिला सशक्तीकरण सगैं उहाँहरुको क्षमता अभिबृद्धी र जनचेतनामा वडाले सबैसगं सहकार्य गरिरहेको उनले बताए ।