धनगढी: कैलालीमा बाक्लो हुस्सु लाग्न सुरु भएको छ । पछिल्लो केही दिनदेखि चिसो बढ्दै गएपछि हुस्सु लाग्न थालेको हो । हुस्सुका कारण बिहानपख दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईमा आंशिक प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुस्सुका कारण हुन सक्ने असरबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन आवश्यक रहेको महाशाखाको अनुरोध छ ।
बिहानको समयमा तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नसम्म रहेन र क्रमिक रुपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।