धनगढी । स्थनीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि बाजुरा, डोटी, बझाङ, दाचुर्ला र कञ्चनपुरमा पनि शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । प्रदेशमा बाजुरामा उपाध्यक्ष पदका लागी र अन्य जिल्लामा वडा अध्यक्षका लागी मतदान भईरहेको छ ।
आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको र अहिले सम्म सवै मतदानस्थलमा शाख्न्तिपूर्ण रुपमा मतदान भईरहेको पोखरेलको भनाई छ । यसपटक मेयर, उपमेयर, अध्यक्षरउपाध्यक्ष र वडाध्यक्ष पदमा मतदान भइरहेको छ ।