बझाङ : बझाङको सुर्मा गाउँपालिकाको वडा नम्बर ४ मा वडाध्यक्ष पदमा भईरहेको मतदानमा २७६ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालका अनुसार विहान ९ बजेसम्म २७६ मत खसेको हो । सुर्मा गाउपालिका वडन नम्बर ४ मा कुल १ हजार ५ सय ५४ मतदाता संख्या रहेको छ । मतदान शान्तिपूर्ण ढंगले भइरहेको निर्वाचन कार्यालय बझाङले जनाएको छ ।
मतदान सफल बनाउन ९७ जना शशस्त्र प्रहरी र ८६ जना जनपथ प्रहरी गरि १८३ जना सुरक्षाकर्मी खटिएका छन् भने उप निर्वाचनको बाहिरी सुरक्षामा नेपाली सेनाले गस्ती गरिरहेका प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले बताए ।