धनगढी: सुदुरपश्चिम प्रदेशमा केही बनका कर्मचारीहरुले रजगज चलाएका छन् । बषौँदेखी एउटै ठाउँमा राज गरेर बस्ने र बिभिन्न सामुदायिक बनहरुबाट रकम उठाउने सम्मका आरोप ति कर्मचारी खेपिरहेका छन् । जसको उदाहरण हो पछिल्लो केही साता अघी सुदुरपश्चिम प्रदेशको बन मन्त्रालयले गरेको कर्मचारी शरुवा । बर्षौँदेखी एउटै अड्डामा राज गरेका कर्मचारी शरुवा भएनन्, तर एक बर्षअघी दुर्गमबाट सुगम शरुवा भएका कर्मचारी फेरी दुर्गम लखेटिएका छन् । बन अधिकृत दिनेश कुमार यादव कञ्चनपुरको कुण्डा सव डिभिजन कार्यालय पचकडियाको प्रमुख छन् । उनले त्यहाँ काम गर्न लागेको एक दशक पुग्यो, उनि यस पटकको सरुवामा पनि परेनन् । शक्ती केन्द्र धाएरै रजगज चलाएर बस्ने उनि पहुँच र प्रभावकै कारण सरुवा भएनन् ।
अर्का बन अधिकृत पुर्णशंकर यादव डिभिजन बन कार्यालय धनगढीका अधिकृत हुन् । कार्यालय प्रमुख भन्दा बढी पावरमा रहने यादवपनि बिगत लामो समयदेखी धनगढीमै रजगज चलाएर बसेका छन् । यादव प्रदेशमा आउने सचिवलाइनै रोक्न सक्ने सम्मको पावर अधिकृतका रुपमा चिनिन्छन् । सुदुरपश्चिम प्रदेशको उधोग, पर्यटन बन तथा वातावरण मन्त्रालयका तत्कालिन सचिव वेद प्रकास ढकालको सरुवापछि जिवननाथ पौडेललाई सुदुरपश्चिम पठाइएको थियो । सरुवा हुने सुचिमा आफ्नो नाम देखेपछि पुर्णशंकरले सचिव पौडेललाई काठमाण्डौँमै रोकिदिए । यादव छिटफुट यताउता बाहेक १२ बर्षदेखी कैलाली तथा धनगढी क्षेत्रमै छन् । नेपाली काग्रेंस निकट भएका यादव अन्य पार्टीका नेताहरुलाइपनि प्रभावमा राख्न सक्छन् । एक कर्मचारीका अनुसार यादव माओवादी तथा एमालेको मन्त्री हुँदा समेत राज गरेर बसेका थिए । यादव आफ्नो सरुवा रोकेर आफुभन्दा सिनियर तथा जुनियर कर्मचारीको सरुवा गर्नसक्ने पहुँच भएका अधिकृतको रुपमा चिनिन्छन् ।
१४ कात्तिकमा डडेल्धुरा डिभिजन बन कार्यालयबाट बन अधिकृत रणेन्द्र सिहं डिभिजन बन कार्यालय कञ्चनपुर सरुवा भए । डडेल्धुरामा ६ बर्ष बढी बसेका उनि शक्ती केन्द्रको आडमा रजगज चलाइरहेका छन् । कञ्चनपुर सरुवा भएका उनि खटिएको ठाउँमा नगई डडेल्धुरामै बस्न शक्तीकेन्द्र धाइरहेका छन् । काग्रेंस निकट कर्मचारी युनियन डडेल्धुराका अध्यक्ष समेत रहेका उनको सरुवा रोक्न मन्त्रालयले निर्णय ससोंधनको तयारी गरेको श्रोतले बताएको छ । श्रोतका अनुसार निर्णय भइनसकेपनि उनको सरुवा रद्द गर्ने मन्त्रालयको तयारी छ । सिहं नेताहरुलाई आर्थिक प्रभावमा परेर लामो समयदेखी डडेल्धुरामै रजगज चलाएर बसेका छन् । बषौँ देखी पहलमानपुर डिभिजन बन कार्यालयमा कार्यरत बन अधिकृत सुरेस खडायतलाई सरुवा गरिएको छैन । खडायतपनि लामो समय पहलमानपुरमै रहेर रजगज चलाइरहेको एक कर्मचारीले बताए ।
बनका यि कर्मचारीहरु आफु दशौँ बर्ष राज त चलाउँछन् । थप अन्य कर्मचारी सरुवामापनि यि हावी हुने गरेका छन् । एक बन अधिकृतका अनुसार आर्थिक चलखेल र राजनितिक पहुँचकै कारण सिहं तथा यादव जस्ता कर्मचारीहरुले उउटै ठाउँमा राज गरिरहेका छन् । उनिहरु शक्ती केन्द्रको आडमा आफ्नो सरुवा रोक्नुका साथै अन्य कर्मचारीलाई कहाँ पठाउने र सरुवा गर्ने सम्मको चलखेल गर्दै आएका छन् । यही बिषयमा बुझ्दा उधोग, पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराइले कर्मचारी सरुवामा कमजोरी भएको बताए । उनले आफ्नो तर्फबाट सही किसिमलेने सरुवा गर्न खोजेको बताए । तलबाटै ब्यक्ती तोकेर आउने हुँदा विबाद देखिएको उनले बताए ।