धनगढी: सुदुरपश्चिम प्रदेशसभाले अवलोकन भ्रमणका नाममा प्रदेशसभा सदस्यहरुलाई रमाइलो गर्न पठाउने गरेको प्रदेशसभा सदस्य शिव सिहं ओलीले बताएका छन् । धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य ओलीले प्रदेशसभाले सांसदहरुलाई कागजी प्रकृया पु¥याउन मात्रै अवलोकन भ्रमण बन्ने गरेको बताएका हुन् । हामी सुदुरपश्चिमबाट कोशी, बागमती लगायतका प्रदेशसभाको अवलोकन गर्न जाने गरेका छौँ, सभामुखज्यु समेत केही ठाउँ जानुभएको छ ओलीले भने “तर त्यहा“ हेरेको तथा देखेको कुरा कुनैपनि यता आएर कार्यान्वयन हु“दैन अनी त्यो भ्रमणको के अर्थ, हाम्रो प्रदेशभन्दा कति राम्रा, भब्य प्रदेशसभा हल छन्, हाम्रो भने त्यही पहिलो कार्यकालमा भएका काम बाहेक अहिले एक सिन्को भाँचि“एको छैनm यो नेतृत्वको खुवी नभएको होकी इच्छाशक्ती नभएको हो ।”
प्रदेशसभा सदस्यहरु भ्रमणमा जानुहुन्छ अनी प्रदेशसभाको अवलोकन भन्दा यसो घुमफिर गर्ने, रमाइलो गर्ने र टिकटक बनाएर फर्किनुहुन्छ यसको केही अर्थ भयो त, उनले भने “सरकारको बजेट खर्च गरिसकेपछि त्यसको प्रतिफल त दिनुपर्छ, भ्रमण भन्यो घुम्यो रमाइलो गर्ने मात्रै भएर कुनै उपलब्धी देखिएन, प्रदेशसभा सचिवालयको स्थिती झन खस्किदो छ, प्रदेशसभाको प्रभावकारिता घट्दो छ, अनी जनताले प्रश्न त गर्छन् नी, एउटा संस्थाले बनाइदिएको प्रदेशसभालाई अहिलेसम्म कुनै परिमार्जन गर्न सकिएको छैन अनी नेतृत्वलाई सक्षम भन्ने ।” बागमती प्रदेशबाट सिकेर ल्याएका के बिषय सुदुरपश्चिम प्रदेशसभामा कार्यान्वयन भएका छन् हेरौ“ उनले भने “सुदुरपश्चिम प्रदेशसभामा गतिलो माइक राख्न सकिएको छैन, लाइट मिलेको हु“दैन, क्यामेराको अवस्था उस्तै छ, भिडियोको क्वालिटि उस्तै, युटुब प्रभावकारी छैन, अनी हामीले उठाएका सवाल जनताले कसरी हेर्न सक्छन्, त्यस कारण प्रदेशसभालाई प्रभावकारी बनाउन सभामुख सगैं कर्मचारीको इच्छाशक्ती जरुरी छ ।”
प्रदेशसभा एउटा शिक्षक र बिद्यार्थी भएको कोठा जस्तै बनेको ओलीले बताए । सभामुख आउनुहुन्छ हामी उठ्छौ“, राष्ट्रिय गित गायो, सभामुखले भनेको समयमा बोल्ने नभए माइक काटिन्छ, अनी सभामुखले सकियो भनेपछि हामीपनि सभाबाट बाहिरिन्छौ“ उनले भने “यो खालको ससंदले जनताका माग सम्बोधन हु“दैन, जब ससंद बलियो हुन्छ अनी जनता बलियो हुन्छन्, त्यस कारण ससंदलाई प्रभावकारी बनाउन सभामुखले भुमिका खेल्नुपर्छ ।”