धनगढी । सुदूरपश्चिममा अपाङ्गता भएका नागरिकहरुले यस वर्ष अन्तराष्ट्रिय दिवस सात दिनसम्म मनाउने भएका छन् । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको साझा संस्थागत राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले यसका लागि ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेर तयारी थालेको हो ।
प्रदेश राजधानी समेत रहेको कैलालीको धनगढीमा यस वर्षको अपाङ्गता भएका व्यक्तिहरुको अन्तरास्ट्रिय दिवस मङ्सिर १४ गतेदेखि २० गतेसम्म विभिन्न कार्यक्रमकासाथ मनाइने अध्यक्ष मानबहादुर साँउदले जानकारी दिए । उनका अनुसार साप्ताहव्यापी मनाइने कार्यक्रमलाई भव्य तथा व्यवस्थित रुपमा मनाउनका लागि सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थासँग छलफल गरेर विभिन्न उपसमितिहरु बनाइएका छन् ।
अन्तराष्ट्रिय दिवसलाई खुशीयालीकासाथै आन्दोलनका रुपमा मनाउन गैइरहेको भन्दै अध्यक्ष साउदले गतबर्ष झै अपाङता भएका युवाहरुको स्वरोजगार मेला मुख्य आकर्षक रहने बताए । धनगढी उपमहानगरपालिका गेट अगाडी तीन दिनसम्म प्रदर्शनी मेला तथा महोत्सव चल्ने छ । उक्त प्रदर्शनी मेला तथा महोत्सवमा ‘अपाङ्गता भएका व्यक्तिहरुको श्रमको सम्मान, आर्थिक सशक्तीकरण र समाज रुपान्तरणको अभियान’ भन्ने मुल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुबाट सञ्चालित लघु, घरेलु तथा साना उधोगबाट उत्पादित बस्तुहरुको प्रदर्शनी मेला लाग्नेछ ।
यसकासाथै सचेतना मुलक अन्तरकृया, लोकसांस्कृतिक कार्यक्रम, निशुल्क स्वास्थ्य चेकजाच, सीप तथा कला प्रदर्शनी र उत्कृष्ट कार्यको सम्मान लगायतका कार्यक्रम रहने उहाँले जानकारी दिनुभयो।अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस यही मङसिर १८ गते मनाईंदै छ । यस वर्षको मुलनारा ुसमावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई प्रवर्द्धनु रहेको छ ।