धनगढी । नेकपा एमाले धनगढी उपमहानगर कमिटी वडा नम्बर ११ को वडा अधिवेशनले लालबहादुर महतको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । कमिटीको उपाध्यक्षमा वर्षा शाह राना, सचिव तुलसीराम राना, उपसचिव चित्रा नेपाली चौधरी र जगदीश महरालाई चयन भएका छन् । सदस्यहरूमा योगेन्द्र धानुक र फुलाराम राना चयन भएका छन् । कमिटीका पदाधिकारी र सदस्य सर्वसम्मत चयन गरिएको धनगढी उपमहानगर कमिटीका उपसचिव जनक ढकालले जानकारी दिए ।
वडा अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा ५ नम्बर निर्वाचन क्षेत्र इन्चार्ज लीला भण्डारीले गरेकी थिइन् । अधिवेशनमा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य नेपालु चौधरी, प्रदेश कमिटी सदस्य तथा सांसद धर्मराज पाठक, तीर्थ भट्टराई, सत्यराज स्नेही, जिल्ला कमिटी अध्यक्ष यज्ञराज ढुङ्गाना, आदिवासी जनजाति महासङ्घका स्थायी कमिटी सदस्य कमल सिंह राना, जिल्ला सचिवालय सदस्य गीता चौधरी, सानु साउद, पार्टी प्रदेश कमिटी प्रचार तथा प्रकाशन विभागका सचिव भोजराज जोशी, धनगढी नगर अध्यक्ष अम्बिका विष्ट, उपाध्यक्ष पर्वत चौधरी, सचिव चन्द्रप्रकाश जोशी, उपसचिव जनक ढकाल, धनगढी नगर कमिटीका निवर्तमान अध्यक्ष रामचन्द्र जोशी लगायतको उपस्थिति रहेको थियो ।