धनगढी । कैलालीको भजनी नगरपालिकामा रहेको पुरैना ताल अतिक्रमण हटाइएको ८ महिनामै पुन अतिक्रमणको चपेटामा परेको छ । मोहना नदीको बाढीले पुरेपछि खेत बनेको ७९ दशमलव २१ हेक्टरमा जमिनमा फैलिएको पुरैना तालमा आजभोलि स्थानीयले दिनहुँ ट्याक्टरले खनजोत गरिरहेका छन् ताललाई पुन निर्माण गर्नका लागि अतिक्रमण हटाएर ब्युँताउने भन्दै डिभिजन वन कार्यलयले बैशाख १६ गते ३६ घन्टा लगातार ८ ब्याकहोलोडर डोजर ले रेखांकन गरिएको थियो । तर, वन कार्यालयको त्यो मिहिनेत अहिले वालुवामा पानी भएको छ ।
डिभिजन वन कार्यालय पहलमानपुरले तालको पुन निर्माणका लागि तालको १० फिट चौडाइ र ५ फिट उचाईको ३५ सय मिटर डिल ड्याम निर्माण गरेको थियो । पुरैना ताल पुन निर्माणका लागि डिभिजन वन कार्यालय पहलमानपुरले करिब ४ वर्षदेखि सामुदायिक वन समन्वय समिति, नापी कार्यालय कैलाली, भजनी नगरपालिका, जिल्ला प्रशासन कार्यलय कैलालीसँग पटक ( पटक निरन्तरको छलफलपछि तालको नक्साअनुसारको क्षेत्र रेखाङ्कन गराई अतिक्रमण हटाउन सफल भएको थियो ।
पुरैना ताल भजनीको मात्रै नभई कैलालीकै महत्वपूर्ण बसन्ता जैविक मार्ग हो । जसमा भारतीय दुधुवा नेशनल पार्कसँग प्रत्यक्ष रुपमा जोडिएको हुँदा पुरैना ताल पुनस् निर्माणका लागि आवश्यक रहेको छ । सुदूरपश्चिम प्रदेश उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पुरैना तालको पुनस् अतिक्रमण गरेको क्षेत्र फेरि हटाउने बताए । उनले भने,ुपुरैना तालको क्षेत्र ठूलो भएकाले एकै व्यक्तिले २० बिगाहासम्म प्रयोग गरिरहेकाले ताललाई पुनस् निर्माण सबै राजनीतिक संयन्त्रसँग समन्वय गरिरहेको छु ।
पुरैना ताल क्षेत्रको रिपोटिङको क्रममा सत्ती कर्णाली डट कम पुग्दा ४ ट्रयाक्टरले खनजोत गर्दै गरेको भेटिएको थियो । मसुरो उम्रिएको र गहुँ खेतीका लागि खनजोत सुरु गरिएको छ नि भन्ने प्रश्नमा मन्त्री चौधरीले अहिले खनजोत गरियको भए पनि चाँडै राजनीतिक सहमति बनाई अतिक्रमण क्षेत्र खाली गराई ताल पुनस् निर्माण गरिने बताए । पुरैना ताल सार्वजनिक सम्पत्ति भएको र अहिले केही सीमित टाठाबाँठाले प्रयोग गरिरहेको बताउँदै उनले भने,ुहामीले निकट भविष्यमा जिल्लाकै आयआर्जनको बलियो स्रोत बनाउने र ताल पर्यटनको वलियो आधार हुनेछ ।ु
भजनी नगरपालिकाका प्रमुख केवललाल चौधरीले खनजोत गर भनेर स्थानीयलाई उस्काएको आरोप लागिरहेका बेला उनले भने,ुमैले त तालको क्षेत्रभन्दा बाहिर रहेको ८ कट्ठाको मात्र कुरा गरेको हुँ । ताल क्षेत्र अतिक्रमण गर्न भनेको छैन ।ु ताललाई पुनस् निर्माण गर्न स्थानीय सरकारको हैसियतले सधैँ सहयोग गर्न तयार रहेको उनले बताए ।
डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेलले पुरैना तालको अतिक्रमण पुनस् हटाउनका लागि कार्यक्रम राखेको बताए । ुम भर्खरै आएको छु, उनले भने,स्थलगत अनुगमनपछि कसरी अतिक्रमण हटाउने भन्ने कार्यक्रम बनाउनेछु ।
बसन्ता वन सरक्षण क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल खेती योग्य जमिन परिणत भएको छ । पानी भएको कोर क्षेत्र९ भित्री भाग ० ७९।२१ हेक्टरमा फैलिएको ताल चरा अवलोकनका लागि उपयुक्त मानिन्थ्यो । मोहना नदिमा २०६५ सालमा आएको बाढिले ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो पुन २०६८, २०७२ र २०७५ सालमा आएको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।