धनगढीः कैलालीबाट चोरी र लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्। नकबजनी चोरी मुद्दामा २३ दिन कैद सजाय र ९ हजार ३४६ जरिवाना तोकिएको कैलालीको गोदावरी नगरपालिका-६ बस्ने २६ वर्षीय दिनेश परियार र लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकीएका कञ्चपुरको पुर्नवास नगरपालिका-११ डोकेबजार बस्ने ४२ वर्षीय विक्रम सुवाल पक्राउ परेका हुन्।
दुबै जनालाई धनगढी उपमहानगरपालिका-३ त्रिनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।