डोटीः डोटीमा युवक मृत्युको विषयलाई लिएर यातायातका साधन बन्द गरिएको छ। जिल्लाको दिपायल–सिलगढी नगरपालिका–१ मा युवकका आफन्तले सडक अवरुद्ध पारेका हुन्। जिपले मोटरसाइकललाइ ठक्कर दिँदा शिखर नगरपालिका–८ स्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको बोलेरो जिपले सुदूरपश्चिम प्रदेश ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार दिपायल–सिलगढी गरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको थियो।
सो जिप भरत सिंहले चलाएका थिए। चालक अहिले प्रहरी नियन्त्रणमा छन्। सोही विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गर्दै आएका छन्। घाइते साउँदको शनिवार उपचारका क्रममा मृत्यु भएको थियो। सोहि विषयलाई लिएर मृत साउँदका आफन्त आज (मंगलबार) आन्दोलित भएका हुन्।