बाजुरा । नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले नेकपा एकीकृत समाजवादीको औचित्य सकिसकेको बताएका छन् । बाजुरा स्वामिकर्तिक गाउँ पालिकाका उपनिर्वाचनमा उपाध्याको उम्मेदवारी दर्ता पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गर्दै नेता थापाले पार्टी कुनै मूलभूत सिद्दान्त नभएको, भविष्य नभएको, एमालेलाई कमजोर बनाउने गतिविधिमा मात्रै संलग्न रहेको भन्दै नेकपा एसको औचित्य सकिएको बताएका थिए । ‘त्यो पार्टी आफैमा पार्टी होइन सबै विगतमा एमालेको मतदाता छन् । अहिले त्यसको औचित्य सकिसकेको छ’, उनले भने, ‘नेकपा एसको न विगत थियो, न भविष्य छ ।’
उनले कांग्रेस अहिले विचारबाट विमुख हुँदै गएको ,सत्ताको प्रयोग निर्वाचन सम्ममा गर्न खोज्ने प्रवृत्ति हावी हुँदै गएको बताए। निर्वाचन जित्न जनताको समर्थन आवश्यक रहने उनले नेता कार्यकर्तहरुलाई बताए । त्यस्तो समर्थन जनताको एमालेमा सबै भन्दा धेरै रहेको जिकिर गरे। स्वामीकार्तिक खापर गाउँपालिका यसअघि अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमाले पराजित हुँदा विकास नभएको भन्दै थापाले भने, ‘यहाँको विकासको लागि नेकपा एमाले आवश्यक छ । एमाले पराजित हुँदा यहाको विकास पनि पराजित भयो ।’
एमाले केन्द्रित सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाले अहिलेको निर्वाचनले ०८४ संकेत गर्ने भएको हुँदा उपनिर्वाचनमा जित्ने पर्ने लाग्नु पर्ने बताएका थिए । उनले पार्टीका नेता कार्यकर्ताहरुलाई पनि मतभेत हटाएर एक जुट भएर निर्वाचनमा होमिन निर्देशन दिएका थिए । कार्यक्रममा केन्दीय सदस्य, विभन्न विभागका सदस्य, प्रदेश पदाधिकारी सबैले उपनिर्वाचन र पार्टी बारे रणनैतिक कुरा प्रस्तुत गरेका थिए । उपाध्यक्ष मैना जोशीको २०८० माघ २४ गते निधन भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा १६ गते निर्वाचन हुँदै छ । जोशी कांग्रेसबाट निर्वाचित थिइन् । आज कांग्रेससहित पाँच दलले उपाध्यक्ष पदमा उम्मेवारी दिएको छ ।