धनगढी:आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) नाउपाबाट रुपमति डगौरा थारूको उम्मेद्वारी दर्ता गरिएको छ । नाउपाका नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर थारूले उम्मेदवारी दर्ता गरेकि हुन् । टीकापुर नगरपालिकाको कार्यपालिका सदस्य थारू सोही नगरपालिकाको वडा नम्बर ४ बाट वडा सदस्यमा निर्वाचित भएकि थिइन् । उम्मेदवारी दर्ताका लागि आज ९आइतबार० विहान १० बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ । कैलालीमा अहिलेसम्म ३ बजेसम्म नाउपाका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेको छ ।
कैलालीमा जम्मा २५ मत मध्ये नाउपाका ७ मत छन् । त्यस्तै काङ्ग्रेसका ८, एमालेका पाँच, माओवादी केन्द्रका तीन र एकीकृत समाजबादीका एक मत छन् । माओबादी केन्द्रबाट निर्वाचित टीकापुर नगरपालिकाका उप प्रमुख निलम्बित छन् । जिल्ला समन्वय कैलालीका प्रमुख पदम कलेलको निधन भएपछि अहिले निर्वाचन हुन लागेको हो ।