डोटीः डोटीमा जिपले मोटरसाइकललाइ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका–८ स्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको नम्बर नखुलेको सेतो रंगको बोलेरो जिपले सुदूरपश्चिम प्रदेश ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल पछाडी सवार दिपायल–सिलगढी गरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँद घाइते भएका थिए।
घाइते साउँदको शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक सोही स्थानका २७ वर्षीय प्रकेश विकलाई थप उपचारका लागि धनगढी पठाइएको छ। ठक्कर दिएर फरार जिपको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।