धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका तीन जनालाई हेलिकोप्टरमार्फत धनगढी ल्याईएको छ । घाईतहरुको धनगढी स्थीत निर्सग अस्पतालमा उपचार शुरु भएको छ ।
जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३० वर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका–५ का २८ वर्षीय उत्तम रोकाया र दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ८ वर्षीय सन्दीप रावललाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
घाइते पाँच जनामध्ये उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए ।