धनगढी । धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहराले बुधबार साँझ धनगढी उपमहानगरपालिका(५ को लब्ली चोकबाट ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको जानकारी दिए ।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको हो ।
तर, चरेस बोकेको १०७२ नम्बरको एनएस प्लसरका चालक र पछाडि सवार भने फरार भएका छन् । परिचय नखुलेका उनीहरूको खोजी भइरहेको डीएसपी बोहराले बताए ।