डडेल्धुरा: नेकपा (माओवादी केन्द्र) परशुराम नगर कमिटी डडेल्धुराले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १७२ बुँदे ध्यानाकर्षण तथा मागपत्र बुझाएको छ। सोमबार जिल्ला भ्रमणको क्रममा परशुराम पुगेका देउवालाई माओवादी नगर कमिटी अध्यक्ष शेरसिंह माल (डायमण्ड) ले ध्यानाकर्षणपत्र बुझाएका हुन्। जवाफमा देउवाले आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका अध्यक्ष मालले बताए।
एकसाता जिल्ला भ्रमणको क्रममा सोमबार आलिताल र परशुरामको भ्रमण सकेर बेलुका डडेल्धुरा जिल्ला सदरमुकाम आइपुगेका छन्।