कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीकी ५२ वर्षीया अंकली डगौरा गाउँको रीतिथिति बसाल्ने कार्यमा दुई वर्षदेखि क्रियाशील छिन्। बरघरमा चयन भएपछि उनी दुई वर्षदेखि गाउँको धार्मिक, न्यायिक, सांस्कृतिक, सामाजिक कार्यको नेतृत्व गर्दै आएकी छिन्। थारु समुदायमा गाउँँको अगुवाइ गर्ने व्यक्तिका रूपमा प्रत्येक वर्षको माघ महिनामा बरघर चयन गर्ने गरिन्छ। नगरपालिका क्षेत्रमै बरघरमा नेतृत्व गर्ने अंकली एक्लो महिला हुन्। ुगाउँका २२ परिवारले विश्वास गरेर नेतृत्व दिएका छन्। गाउँका बासिन्दाको सल्लाहमै विवाह, परम्परागत सांस्कृतिक कार्यक्रम, अंशबण्डा, विकास निर्माणलगायतका योजना बनाएर कार्यान्वयनमा ल्याउँदै आएका छौँ, डगौराले भनिन्।
गाउँमा हुने झै झगडा, विवादको छिनोफानो गर्नेदेखि कुलो, बाटो निर्माण तथा मर्मत गर्ने, पूजाआजा, विवाहका लागि समय निर्धारण गरी कार्यको जिम्मेवारी तोक्ने, देउथनुवा निर्माण गर्ने, पूजापाठ सामग्रीको व्यवस्थासँगै समय मिलाउने, मर्निकर्नी (जन्म–मृत्यु) संस्कारको चाँजोपाँजो मिलाउने कार्य बरघरको काँधमा हुने गर्दछ। गाउँका बासिन्दासँग समन्वय गरी सहज रूपमा कार्य गर्दै आएको अंकलीको भनाइ छ। पहिलो वर्ष बरघरमा चयन हुँदा महिलाले पनि गाउँको नेतृत्व गर्न सक्लिन् र१ भनेर कुरा काट्ने पनि थुप्रै थिएु, उनले भनिन्, सबैको मन जित्न सकेकाले नै दोस्रो वर्ष पनि बरघरको नेतृत्व गर्ने मौका पाइएको छ।” सामाजिक कार्यमा पहिला पुरुषकै अधिक अग्रसरता हुने गरेको थियो। हाल संस्कृति जोगाउने, गाउँको विकास, कुप्रथा, कुरीति हटाउनका लागि महिलाले अग्रसरता देखाउने गरेका छन्। फौजदारीबाहेक अन्य विवाद, झैझगडा गाउँमै मेलमिलापको माध्यमबाट समाधान गर्दै आएको डगौराले बताइन्।
गाउँमा हुने विवाह एकैपटक गर्न सकिँदैन, त्यै भएर महिना, गते, बार तोक्ने गरेका छौँ, अंकली अगाडि भन्छिन्, तोकिएअनुसार गाउँका बासिन्दालाई दाउरा चिरान, पात टिप्ने, माछा मार्ने, खाना बनाउने जिम्मेवारी तोक्ने गर्छु, आफैँ पनि काममा खटिँदै आएकी छु, त्यै भएर सबैको सहयोग पाइने गरिएको छ।