डडेल्धुरा: डडेल्धुरामा शुरक्षा व्यवस्था थप गरिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठले बाहिरि जिल्लाहरुको सहयोगमा थप सुरक्षा प्रवन्ध मिलाईएको वताए । नेपाली काँग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागि हुने भएकाले भिआईपीको सुरक्षा व्यवस्था र जिल्लामा सञ्चालित बिभिन्न मेलापर्वका कारण थप शुरक्षा कर्मि जिल्लामा परिचालित गरिएको प्रहरी नायव उपरिक्षक श्रेष्ठले वताए ।
नेपाली काँग्रेस सभापति एवंम पूर्व प्रधानमन्त्री देउवा मंसिर १ गते सम्पन्न हुने उग्रतारामेला देहिजाँत सम्म गृह जिल्ला डडेल्धुरामै रहने छन । डडेल्धुरामा ३ सय ७९ प्रहरी कर्मचारी कर्मचारीको दरवन्दी भएको भएपनि हाल ३ सय ६० प्रहरी कर्मचारी मात्र रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।