डडेल्धुरा । नेपाली काँग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज आलिताल र परशुराम नगरपालिकामा नेपाली काँग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट र उक्त क्षेत्रको भ्रमण गरेका छन । देउवाले आलितालमा रहेको प्रसिद्ध पर्यटकीय क्षेत्र आलितालको भ्रमण गर्नुका साथै आलिताल गाउँपालिकामा कार्यकर्ता भेटघाट गरेका छन । देउवाले आजनै प्रसिद्ध परशुराम मन्दिरको अवलोकन गर्दै परशुराम नगरपालिकामा कार्यकर्ता भेटघाटको कार्यक्रम समेत आयोजना गरिएको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ ।
उक्त क्षेत्रको भ्रमण तथा भेटघाट पछि सभापति देउवालाई सदरमुकाम बागवजारमा फुलमाला समेत नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका छन । नेपाली काँग्रेस महासमिति सदस्य एवम तारागाउँ विकास समितिका अध्यक्ष शुरेसराज जोशीले देउवाको गृह जिल्ला भ्रमण फलदायि रहने विस्वास व्यक्त गर्दै सभापति देउवाको गृह जिल्ला वसाई सफलताको कामना गरेका छन । देउवाको आज भने गृहपालिका गन्यापधुरा गाउँपालिका –२ मा हुने वडालजाँतमा सहभागि हुने कार्यक्रम रहेको छ । मंसिर १ गते सुदूरपश्चिम प्रदेशकै महत्वपुर्ण धार्मिक शक्तिपिठ उग्रतारामा लाग्ने देहिजाँतमा सहभागि भै काठमाण्डौ फर्कने कार्यक्रम तय भएको छ ।