धनगढी । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई कैलाली खानडाँडा बजारका नागरिकले पर्यटकीय गन्तव्य बनाउन पहल गरिदन आग्रह गरेका छन् ।
आइतबार पूर्व प्रधानमन्त्री देउवा डडेलधुरा जाने क्रममा खानडाँडामा स्वागत गर्दै उनीहरूले सो माग गरेका हुन् । खानीडाँडा पर्यटकीय गन्तव्य र सम्भावना बोकेको क्षेत्र भएकोले सरकारले चासोपूर्ण तरिकाले हेरेर विकासका लागि पहल गरिदिनु हुन आग्रह गरेका थिए। व्यवसाय बालकृष्ण सापकोटाले खानडाँडाको बजारलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्य बनाउन पहल गरिदिनुहुन देउवालाई आग्रह गरेका थिए।
पूर्व प्रधानमन्त्री देउवाले आफू खानडाँडाका बारेमा परिचित भएकोले यसका बारेमा आफू पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री डाक्टर रणबहादुर रावल, गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट लगायतका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।