कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वडले सुवर्ण शमशेर राणा र गणेशमान सिंहले हरेक आन्दोलनमा अग्रभागमा रहेर जनताको पक्षमा अवाज उठाएको बताएका छन् । शनिबार नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय समिति प्रदेश ३ क महेन्द्रनगर कञ्चनपुरले आयोजना गरेको गणेशमान सिंहको जन्म जयन्ती तथा सुवर्ण शमशेरको स्मृति दिवसको अवसर आयोजना गरेको सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य वडले सो कुरा बताएका हुन् ।
नेपाली कांग्रेसका जन्मदाता समेत रहेका स्वर्गीय नेता राणा र सिंहको अनुशरणमा हरेक कांग्रेसी कार्यकर्ताले जनताको काम गर्नु पर्ने बताए ।दुबै जना नेताले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पुर्याउनु भएको योगदानका कारण जनताका लोकप्रिय नेता बनेको स्मरण गरे ।
उनले पार्टीलाई अफ्ट्यारो पर्दा सुवर्ण शमशेरले पुर्याउनु भएको योगदान र गणेशमानले गरेको त्याग नेपाली कांग्रेसका नेता कार्यकर्ताले भुल्न नहुने जोड दिए ।
संगठनलाई सक्रिय बनाउने उद्देश्यका साथ नेपाली कांग्रेसले सुरु गरेको १०० दिने अभियानको कंञ्चनपुरका केन्द्रीय प्रतिनिधि समेत रहेका केन्द्रीय सदस्य वडले जिल्लामा पार्टीलाई एकढिक्का बनाएर लैजान नेता कार्यकरतालाई निर्देशन समेत दिए । उनले कंञ्चनपुरको भिमदत्त (६मा आगामी मंसिर १६ गते हुन लागेको उप(निर्वाचनमा पार्टीलाई जिताउन नेता कार्यकर्ताहरुले रणनितिका साथ अगाडी बढ्न समेत निर्देशन दिए ।
कार्यक्रममा प्रदेश प्रतिनिधि गजराज पाण्डे , कञ्जनपुर जिल्ला सभापति पदम बोगटी लगायत नेताहरुले शुवर्ण शमशेर र गणेशमानको योगदानको चर्चा गरेका थिए । कार्यक्रम प्रदेश क का सभापति पदमराज अवस्थीको अध्यक्षतामा सम्पन्न भएको थियो ।