बैतडी: सुदूरपश्चिमकै प्रसिद्ध धाम मध्ये मानिएको सिगासधाम धुरामा आज जाँत हुदैछ । हरेक वर्ष असोज शुक्लपक्षको पञ्चमी देखि पुजा आरम्भ भै असोजको शुक्ल अष्ठमीमा जाँत हुने पुजारी चुणामडी अवस्थीले वताए । सिगास गाउँपालिकाको वडा नं २,वडा नं ४ र वडा नं ८ को विचमा अवस्थीत सिगास धुरा जिल्लाको सवै भन्दा अग्लो अर्थात समुन्द्रि सतह देखि २ हजार ९ सय मिटर उचाईमा रहेको छ । शिरको सिगास, कुमको केदार भन्ने उक्ति पनि जनजिव्रोमा रहि आएको छ । सिगासलाई धामको नामले पनि चिनिन्छ । सिगास धुरावाट आकाश सफा भएकावेला डोटीको सिलगढी, डडेल्धुरा तथा भारतका कुमाउँ गडवाल क्षेत्र समेत देख्न सकिने स्थानीयहरु वताउँछन ।
बैदिककालमा भगवान शिव कैलाश पर्वतवाट सिगासमा आएका थिए भन्ने जनविस्वास गरिदै आएको छ । सिगासकै नामवाट गाउँपालिकाको पनि नामाकरण गरिएको छ ।जिल्लाको दुर्गम पालिकाका रुपमा रहेको सिगासमा दर्शन गर्न सुदूरपश्चिम सहित भारतवाट समेत दर्शनार्थीहरु आउने गरेका छन । खोड्पे –बझाङ सडक खण्डको दुदिलाखान बाट गाँजरी हुँदै गर्जे सम्म सवारी साधनहरु पुग्ने गरेका छन । त्याहाँवाट भने पैदल हिडेर सिगास धुरा पुग्न सकिन्छ । सुद्ध मनले सिगासको दर्शन गरे चिताएको वर प्राप्त हुने जनविस्वास रहि आएको छ ।