धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाको ५ नम्बर वडामा तोडफोड गरिएको छ। गएराति वडा कार्यालयको एक कोठाको सिसा र ट्वाईलेटको सिसामा समेत तोडफोड गरिएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ। कार्यालयमा तोडफोड गर्नेको खोजी गर्नुका साथै यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।