धनगढी: सुदुरपश्चिम प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका ७२ जना कर्मचारी सरुवा भएका छन् । नवौँ र दशौँ तहका कर्मचारी मुखयमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सरुवा गरे सगैं मन्त्रालयले अधिकृत देखी बन रक्षक सम्म सरुवा गरेको छ । मन्त्रालयले २७ जना श्रेणीविहीन वन रक्षकदेखि डिभिजन वन अधिकृतसम्मै सरुवा गरेको छ । दशौँ तहका डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई डिभिजन वन कार्यालय धनगढी र डिभिजन बन कार्यालय धनगढीमा कार्यरत नवौँ तहका रामचन्द्र कँडेललाई डिभिजन वन कार्यालय पहलमानपुर, डिभिजन वन कार्यालय पहलमानपुर दरबन्दी भएका रामविचारी ठाकुरलाई डिभिजन वन कार्यालय कञ्चनपुर तथा डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत भीमप्रसाद कँडेललाई डिभिजन वन कार्यालय डडेल्धुरा यस अघीनै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सरुवा गरिसकेको छ ।
मन्त्रालयले आँठौ तहदेखि श्रेणीविहीन कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले डोटीमा कार्यरत आठौँ तहका वन अधिकृत लक्ष्मीराज जोशीको दार्चुला, डिभिजन वन कार्यालय, अछाममा कार्यरत बुद्धिराज भट्टको डोटी, डिभिजन वन कार्यालय, बैतडीमा कार्यरत दिलिपकुमार यादवको पहलमानपुर र डिभिजन वन कार्यालय, डडेल्धुरामा कार्यरत सुरेशचन्द्र डिसीको बाजुरा सरुवा गरिएको छ । जलाधार कार्यालय, डोटीमा कार्यरत नृपेश अवस्थीको मन्त्रालय सरुवा गरिएको छ । भु तथा जलाधार व्यवस्थापन कार्यालय, डडेल्धुरामा कार्यरत धनशेर थापालाई डोटी सरुवा गरिएको छ । मन्त्रालयले पाँचौ तहका भू–संरक्षण अधिकृत हेमन्त बुढाथोकीलाई डोटीबाट डडेल्धुरा पठाएको छ । मन्त्रालयले सातौ तहका १६ जना वन अधिकृतको समेत सरुवा गरेको छ ।
मन्त्रालयमा कार्यरत दिपेन्द्र केसीलाई पहलमानपुर डिभिजन, वन निर्देशनालयमा कार्यरत बालमुकुन्द भट्टलाई डिभिजन बैतडी, पुष्पाञ्जली आर्चायलाई डडेल्धुरा, डिभिजन बैतडीबाट हेमनारायण सहनीलाई कञ्चनपुर, भोजराज पाठकलाई बाजुराबाट मन्त्रालय, डिभिजन पहलमानपुरबाट रविना पन्थीलाई निर्देशनालय, पहलमानपुरबाटै मोहमद ताहाहुसैन मिकरानीलाई बैतडी, डिभिजन कैलालीबाट जिसन कार्कीलाई बझाङ पठाइएको छ ।
यस्तै, डिभिजन वन कार्यालय, कैलालीबाट भरतप्रसाद शाहलाई कञ्चनपुर, मन्त्रालयबाट राधिका बोहरालाई डडेल्धुरा, पहलमानपुरबाट विश्वराज पण्डितलाई डिभिजन वन कार्यालय, कैलाली, डोटीबाट प्रकाश जोशीलाई डडेल्धुरा, पहलमानपुरबाट सोमलाल घलानलाई निर्देशनालय, कञ्चनपुरबाट हरिनारायण कुमार सुरैत यादवलाई डडेल्धुरा, दार्चुलाबाट लालबहादुर विश्वकर्मालाई पहलमानपुर र कैलालीबाट गोविकृष्ण जोशीलाई डोटी सरुवा गरिएको छ।
मन्त्रालयले छैठौँ तहका आठ जना कर्मचारीको सरुवा गरेको छ । कञ्चनपुरबाट शिवराज अवस्थीको मन्त्रालय, डोटीबाट महेन्द्रसिंह धामीको कञ्चनपुर, डडेल्धुराबाट रणेन्द्र सिंहको कञ्चनपुर र अछामबाट विमल चन्दको कञ्चनपुर सरुवा भएको छ । यस्तै, डडेल्धुराबाट केशव पौडेलको कैलाली, तालिम केन्द्रबाट रामऔतार चौधरीको मन्त्रालय, कैलालीबाट नरेश चन्द्र कर्णको बैतडी र पहलमानपुरबाट राजीवन चौधरीको बाजुरा सरुवा गरिएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पाँचौ तहका पाँच जना कर्मचारीको सरुवा गरेको छ । सात जना फरेष्टर र २७ जना वन रक्षकहरुको पनि सरुवा गरिएको छ ।
कर्मचारी सरुवामा मन्त्री र सिमित कर्मचारी हावी
मन्त्रालयले गरेको कर्मचारी सरवामा मन्त्री र केही कर्मचारी हावी भएको आरोप लागेको छ । नवौँ तहका कर्मचारीहरुलाई धनगढीबाट पहलमानपुर र महेन्द्रनगर सरुवा गरेर सरकारले प्रकृया मात्रै पुरा गरेको छ । डिभिजन बन कार्यालय धनगढीमा कार्यरत रामचन्द्र कडेँललाई पहलमानपुर डिभिजन बन कार्यालयमा सरुवा गरिएको छ, नवौँ तहको दरबन्दी पहाडी जिल्लाहरुमा पनि कायम छ । यस्तै पहलमानपुर डिभिजन बन कार्यालयमा कार्यरत रामबिचारी ठाकुरलाई कञ्चनपुर डिभिजन बन कार्यालय पठाइएको छ । नवौँ तहको दरबन्दी पहाडी जिल्लामा कायम रहेपनि शक्तीकेन्द्रको आडमा उनिहरुलाई तराइका जिल्लामै प्रकृया पुरा गर्न सरुवा गरिएको छ । यस्तै बषौँ देखी पहलमानपुर डिभिजन बन कार्यालयमा कार्यरत बन अधिकृत सुरेस खडायतलाई सरुवा गरिएको छैन । बषौँ देखी एउटै कार्यालयमा रहेका खडायत सगैं सब डिभिजन बन कार्यालय कुण्डा प्रमुख बन अधिकृत दिनेश यादव, डिभिजन बन कार्यालय धनगढीमा कार्यरत बन अधिकृत पुर्ण शकंर यादव लगायत छन् । खडायत करिब ७ बर्षदेखी डिभिजन बन कार्यालय पहलमानपुरमा छन् भने, यादवद्वय पनि ५ बर्ष बढी समयदेखी एउटै कार्यालयमा कार्यरत छन् । आफ्नो र आफु निकट रहेकाहरुको सरुवा रोकाउन र अन्यलाई सरुवा गर्न बन अधिकृत पुर्ण शकंर यादवले चलखेल गरेको समेत आरोप लागेको छ । डिभिजन बन कार्यालय धनगढीमा प्रमुख बन अधिकृत भन्दा बढी पावरमा रहने यादव शक्ती केन्द्र धाएर फाइदा निकाल्ने चतुर कर्मचारीका रुपमा चिनिन्छन् ।
मन्त्रालयले गत बर्ष मात्रै पहाडी जिल्लाबाट कञ्चनपुर आएका नारायण यादवलाई फेरी सरुवा गरेको छ । मसुरिया सब डिभिजन बन कार्यालयबाट भरत शाहलाई कञ्चनपुर पठाइएको छ । यस्तै डडेल्धुराबाट कञ्चनपुर सरुवा भएका रणेन्द्र सिहं र डोटीबाट कञ्चनपुर सरुवा भएका छैटौँ तहका बन अधिकृत महेन्द्र सिहं धामीलाई सोही ठाउँमा राख्न सरुवा ससोंधन समेत गर्ने मन्त्रालयले तयारी गरेको छ । श्रोतका अनुसार डडेल्धुरा डिभिजन बन कार्यालयमा कार्यरत रणेन्द्र सिहं काग्रेंस निकट कर्मचारी युनियनका अध्यक्ष हुन् । राजनितिक दलको सरुवा लिस्टमा नपरेका उनिहरुलाई काग्रेंसकै दवावका कारण सरुवा ससोंधन गरिन लागेको मन्त्रालय श्रोतले बतायो । कर्मचारी श्रोतका अनुसार सरुवामा आर्थिक चलखेल समेत भएको छ । बिभिन्न कार्यालयमा लामो समय देखी कार्यरत कर्मचारीहरु बाटै सरुवामा आर्थिक चलखेल भएको कर्मचारी श्रोतले बताएको छ ।