डडेल्धुरा: नेपाली काँग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा लामो समयको वसाई समेत गृह जिल्ला डडेल्धुरा आउने भएका छन । देउवाका प्रमुख सल्लाहाकार भानु देउवाले यहि कार्तिक २६ गते सोमबार देउवा डडेल्धुरा आउन लागेका सुदूरआवाजलाई वताए । सभापति देउवा गृहपालिका गन्यापधुरामा यहि कार्तिक २७ गते हुने बडाँलजाँत देखि यहि मंसिर १ गते हुने उग्रतारा देहिजाँत सम्म जिल्लामै रहने छन । नेपाली काँग्रेस डडेल्धुराका सचिव शेरवहादुर भण्डारीले यस पटक देउवाको गृह जिल्ला बसाईको क्रममा बिभिन्न धार्मिक कार्यक्रम, बिकास निमार्णका कार्यहरुको निरिक्षण र भेटघाटका कार्यक्रमहरु रहेको बताए ।
यस पटक मुख्य गरी सदरमुकाममा रहेको सडक , बजार ब्यवस्थापन, मेडिकल कलेज, डडेल्धुरा अस्पताल ,तथा पुईलेक विमानस्थल निमार्ण हुने ठाउँको समेत निरिक्षण गर्ने कार्यक्रम समेत रहेको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ।