कञ्चनपुरः कञ्चनपुरबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्दामा ९ महिना कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–१५ गोबरिया बस्ने १९ वर्षीय मुन्ना चौधरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको बताएको छ।