धनगढी: कैलालीमा लागुऔषध कारोबारको आरोपमा एक जना औषधि पसल सञ्चालक पक्राउ परेका छन्। जोशीपुर गाउँपालिका-५ घर भई वडा नम्बर ७ को रघुनाथ बहुमुखी क्याम्पस नजिकै प्रतिभा हेल्थ क्लिनिक सञ्चालन गर्दै आएका ४० वर्षीय रामकृष्ण चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनका अनुसार चौधरीको मेडिकलबाट लागुऔषधको रूपमा प्रयोग गरिने पाँच सय स्पास्म ट्याब्लेट र एक हजार ट्याबलेट त्रिगाभा म्यूरिन बरामद गरिएको छ। चौधरीलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।