धनगढीः कैलालीको धनगढीबाट एक जनाको उद्धार गरिएको छ। त्रिशूल र पोको बोकेर हिड्ने अन्दाजी ६५ वर्षीय बोल्न नसक्ने व्यक्तिको धनगढीस्थित पिपल चौताराकाबाट उद्धार गरिएको छ। मानव सेवा आश्रम कैलाली, सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुर र धनगढी नगर प्रहरीको संयुक्त प्रयासमा ती व्यक्तिको उद्धार गरिएको हो।
गत वर्ष ती व्यक्तिलाई उद्वार गरी आवश्यक उपचारका लागि निर्सग हस्पिटका मनोचिकित्सक डाक्टर प्रभात सापकोटाको प्रत्यक्ष निगरानीमा १० दिन ओैषधी उपचारपछि उनका भतिजासँग पारिवारिक पुर्नरमिलन गराइएको थियो। २/३ महिना भतिजाले परिवारमा राखे पनि पुनः सडकमा बस्दै आएका थिए। एरोगेन्ट र रिसाहा स्वभावका उनी जथाभावी मान्छे र गाडीमा ढुङ्गा मुडा गर्ने गरेको आश्रमका अभियन्ता आदर्श ढकालले बताए। हाल उनको उद्धार गरेर आश्रममा राखिएको छ।