बैतडी : बैतडीमा गुडीरहेको बसको टायरमुनी च्यापीदा एक महिला घाइते भएकी छन् । पञ्चेश्वरबाट कञ्चनपुरतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १२४९ नम्बरको बसको टायरमुनी च्यापीएपछि जिल्लाको पाटन नगरपालिका–८ धारी घर भएकी अन्दाजी ३० वर्षीया सान्ती महरा घाइते भएकी हुन् । किनमेलका लागि खोड्पे बजार पुगेकी महरालाई खोड्पे चौराहमा शुक्रबार दिउँसो करिब १ बजेको समयमा सो बसको टायरले किचेपछि महराको दुवै खुट्टामा गम्भिर चोट लागेको छ ।
घाइते महरालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ ।
बस चालक मेलौली नगरपालिका १ का बिरेन्द्र सिंह नायकलाई नियन्त्रणमा लिइएको खोडपे प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव परिक्षक, उदयसिंह खडायतले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।