धनगढी । आजका दिनमा हामीले डोर्याउँदै गरेको वा आफ्नै बिस्तरामा लडिबुडी गर्दै गरेको कुकुर अर्थात् केनिस ल्यूपस फेमिलेरिस र मानिसबिचको सहकार्य हुने चरणको बीजारोपण एक लाख वर्ष पहिले भएको थियो । ब्वाँसा प्रजातिबाट छुट्टिएर आफ्नै विशिष्ट चरित्र निर्माण नगर्दासम्म कुकुरलाई मानिसले घरपालुवा जनावरका रूपमा विकास गर्न सकेका थिएनन् ।
मानिस र कुकुरबिच सहकार्य गर्ने अथवा भनौँ पहिलो घरपालुवा कुकुर आजका दिन जर्मनीको बाँन–ओबरकासेल नामको चिहानघारीमा सुती रहेको छ । कुकुर–मानिसबिचको अन्तरक्रियामा त्यस कुकुरलाई इतिहासकै पहिलो मानिन्छ । उनीहरूले आज भन्दा झण्डै १२ हजार पाँच सय वर्ष पहिले सहकार्य गरेका थिए ।
माइट्रोकान्ड्रियल डीएनए ९एमटीडीएनए० परीक्षणबाट कुकुरको इतिहासबारे वैज्ञानिकहरूले अध्ययन गरेका छन् । एक लाख वर्ष अघि कुकुर ब्वाँसाबाट छुट्टिएर उत्विकासको चरण पार गर्दै यहाँसम्म आई पुगेको हो । अनुवांशिक अध्ययनबाटै कुकुरहरूको इतिहास पनि मानिस जत्तिकै जटिल रहेको पत्ता लागेको छ ।
पुरापाषाणकलामा कुकुरका दुई प्रजाति थिए । पहिलो– प्राचीन एसियाली कुकुर । दोस्रो युरोपेली पुरापाषाणकालीन कुकुर । कुकुरहरूको उत्पत्ति र इतिहासको अध्ययन गरिरहेका बायोआर्कियोलोजिस्ट ग्रेगर लार्सनले नेतृत्व गरेको अध्ययन टोलीले यस्तो पत्ता लगाएको हो । आजका दिनमा युरोपेली पुरापाषाणकालीन कुकुर विलुप्त भई सके ।
१ ब्वाँसादेखि कुकुरसम्मको यात्रा
कुकुरहरू मानिसको सम्पर्कमा आएर घर पालुवा हुनुअघिसम्म ब्वाँसा प्रजातिमा पर्ने जंगली जनावर थिए । कुकुर–मानिसबिचको सहकार्य कहिलेदेखि हुन थालेको हो भन्नेबारे विभिन्न मत रहे पनि कुकुरको उत्पत्ति र इतिहासमाथि अध्ययन गर्दै गरेका वैज्ञानिक लार्सनले गरेको अध्ययनलाई बढी आधिकारिक मानिन्छ ।
उनले १४ हजारदेखि १२ हजार पाँचसय वर्ष पहिले कुकुर–मानिसबिच सम्पर्क, अन्तरक्रिया हुन थालेको बताउँछन् । कुकुरहरू ब्वाँसो प्रजातिबाट आएका हुनाले उनीहरूको डिएनएमा ९९।९ प्रतिशत समानता पाइन्छ । कुकुरहरूको अनुवांशिकीको अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार कुकुरहरूको इतिहास पनि त्यति नै जटिल छ जति मानिसहरूको ।
२ कुकुरको जन्म
कुकुरले आफ्नो गर्भमा ६२ दिनसम्म बच्चा हुर्काउने गर्छ र त्यसपछि जन्माउँछ । कुकुरका बच्चालाई छाउरा भन्ने गरिन्छ । जसरी बाघको बच्चालाई डमरु । कुकुरका छाउरा जन्मिने बेलामा आँखा नदेख्ने, कान नसुन्ने र दाँत विहीन हुने गर्छन् ।
यसका साथै कुकुरहरू सानै उमेरदेखि नै मानिसले जस्तै सपना देख्छन् । कुकुरहरू आँखा चिम्म गरेर मात्र सपना देख्छन् भने मानिसहरू आँखा खोलेर पनि सपना देख्ने गर्छन् । कुकुरहरूले १० भिन्दा भिन्दै आवाज निकाल्न सक्छन् भने ३४ हजार कम्पनरसेकेन्ड भएको आवाज पनि सुन्न सक्छन् । जबकि मानिसले २० हजार कम्पनरसेकेन्ड भएको आवाज मात्रै सुन्न सक्छन् ।
३ कुकुरको सुँघ्ने क्षमता
अन्य जनावर र मानिसको तुलनामा कुकुरहरूमा सुँघ्ने सक्ने क्षमता निकै धेरै हुन्छ । कुकुरमा मानिसको भन्दा १० हजार गुणा बढी सुँघ्ने सक्ने क्षमता हुन्छ । मानिसमा ५ मिलियन गन्ध ग्रन्थि हुन्छन् भने विभिन्न नस्ल अनुसार कुकुरमा १२५ देखि ३०० मिलियन गन्ध ग्रन्थि सक्रिय हुन्छन् ।
जर्मन सेफर्ड भन्ने कुकुरमा मात्रै सुँघ्नका लागि सहयोगी हुने २२ करोड कोशिका हुने गर्छन् । जबकि मानिसमा ५० लाख कोशिका मात्रै हुने गर्छन् । त्यस्तै कुकुरमा मानिसको भन्दा ५ गुणा धेरै सुन्ने क्षमता हुन्छ ।
४ कुकुरको बुद्धिमत्ता
आम जनावरहरू भन्दा कुकुर धेरै बुद्धिमान हुन्छन् । तर, जति नै बुद्धिमान भए पनि एउटा औसत कुकुरको बौद्धिक क्षमता मानिसको २ वर्षको बालक जति हुन्छ र उसलाई १५० शब्द सिकाउन सकिन्छ । मानिससँगको सहकार्यका कारण पनि हुन सक्छ कुकुर अन्य जनावरले भन्दा मानिसका अधिकांश हाउभाउ बुझ्न सक्ने क्षमता हुन्छ ।
द्वितीय विश्वयुद्धताका हिटलर शासित जर्मनीमा नाजी सैनिक र वैज्ञानिकहरूले कुकुरलाई मानिससँग कुरा गर्ने स्तरको बनाउनका लागि विभिन्न प्रयोग र अनुसन्धान गरिरहेका थिए । जर्मन सैनिक र वैज्ञानिकहरूले विशेष किसिमको कुकुरलाई धेरै नै पढाउने र तालिम दिने काम गरे तर कुकुरहरूले राम्रो नतिजा ल्याउन सकेनन् ।
५ अन्तरिक्ष जाने पहिलो प्राणी
द्वितीय विश्वयुद्धको अन्त्यपछि दुई ठुला महाशक्तिका बिचमा शक्तिको ठुलो होडबाजी चली रहेको थियो । एकातर्फ अमेरिका थियो भने अर्कोतर्फ सोभियत संघको नेतृत्व गरिरहेको रुस । यी दुवै महाशक्तिहरू विज्ञान, प्रविधिदेखि लिएर आर्थिक र सैन्य क्षेत्रमा पनि अब्बल हुनका लागि प्रतिस्पर्धा गरिरहेका थिए ।
ठिक त्यति नै बेला ३ नोभेम्बर १९५७ मा सोभियत संघले अन्तरिक्षमा आफ्नो यान पठाउने भयो । त्यस यानमा पहिलो जीवित प्राणी अर्थात् कुकुर थियो । अन्तरिक्षमा जाने पहिलो कुकुरको नाम लाइका थियो ।
६ कुकुरको रगत
जात प्रथाले गाँजेको हाम्रो समाजमा समानताको भाव प्रसारित गर्न– सबैको रगत एउटै हुन्छ, रातो हुन्छ भनिन्छ । तर, कुकुरको प्रजातिमा १३ प्रकारका रगतहरू भेटिन्छन् । यसका साथै कुकुरको निस्पट्ट अँध्यारो र बिहानीको मिर्मिरेमा हेर्ने क्षमता अन्य बेलाको भन्दा उत्कृष्ट हुन्छ ।
यसका साथै कुकुरको रगतमा रहेका अनेकन ब्याक्टेरियाका कारण १० वर्ष भन्दा माथि बाँच्ने ५० प्रतिशत कुकुर क्यान्सरका कारण मारिन्छन् ।
७ कुकुर भूकम्पबारे छिट्टै थाहा पाउँछन्
पृथ्वीमा रहेका अन्य कयौँ जनावरले भन्दा कुकुरले भूकम्प र तुफानबारे पहिले नै थाहा पाउने क्षमता राख्छ । उनीहरू जमिनमा हुने कुनै पनि कम्पनलाई पहिले नै महसुस गर्न सक्छन् । त्यसैले कहिले काहीँ भूकम्प वा तुफान आउन लागेको छ भने कुकुरहरू पहिले नै भुक्न थाल्छन् ।
८ लोकप्रिय पाल्तु जनावर
विश्वभर मानिसले सबै भन्दा धेरै मन पराउने पाल्तु जनावरमध्ये कुकुर पर्छ । मानिसको भान्सादेखि अफिससम्म, बेड रुमदेखि गाडीसम्म उसैले प्रवेश पाई रहेको हुन्छ । कुकुर मानिसको कतिसम्म लोकप्रिय जनावर हो भनेर बुझ्नका लागि हामी उपनिवेशकालसम्म पुग्न पर्छ ।
तजभ(गलष्त्रगभ(चभबितष्यलकजष्उ(दभतधभभल(जगmबलक(बलम(मयनक(छटद्दठडठ)ज्ञण्द्दद्धह
ब्रिटिस उपनिवेशवादीहरू अफ्रिका र भारतमा कुकुरलाई प्रवेश छ तर काला र इन्डियनलाई प्रवेश निषेध छ भनेर बोर्ड लगाउने गर्थे । आजका दिन चार सय मिलियन कुकुर पाल्तु जनावरका रूपमा पालिँदै छ ।
९ कुकुरको जिब्रो
धेरै कुकुरहरूले जुनसुकै बेला आफ्नो जिब्रो बाहिर निकालेर र्याल चुहाउँदै गरेको तपाईँहरूले देख्नु भएकै होला । उनीहरूले जिब्रो निकालेको देखेर तपाईँलाई पनि यसरी किन निकालेको होला भन्ने लाग्छ होला ।
खासमा कुकुरले आफ्नो शरीरको तापक्रम मिलाउनका लागि त्यसो गरेको हो । कुकुरहरूले आफ्नो शरीरको तापक्रम जिब्रोबाट नियन्त्रण गर्ने गर्छ ।
१० कुकुरको मासु
दसैँ–तिहारमा तपाईँहरू अत्यधिक मासु खाएर आत्तिनु भएको छ होला । नेपालमा दसैँको बेलामा प्रायः नेपालीहरू खसी–बोका, भेडा–च्याङ्ग्रा, राँगा–सुँगुर र कुखुराको मासु खान मन पराउँछन् । तर, विश्वमा यस्ता पनि देशहरू छन्, जहाँ उनीहरूको विशेष चाडमा कुकुर खान मन पराइन्छ ।
चीनमा प्रत्येक दिन खपत हुने मासुका लागि ३० हजार कुकुर मारिन्छ । त्यस्तै कुकुरको मासु थाइल्यान्ड, फिलिपिन्स तथा भारको नागाल्याण्डका आदिवासी क्षेत्रमा पनि खाने प्रचलन छ । हामीले बोका पाले जस्तै गरी उनीहरू पनि राम्रो, झक्कले कुकुर पाल्छन् र पछि त्यसको मासु खान प्रयोग गर्छन् ।