धनगढी: धनगढीमा फरार रहेका ज्ञानेन्द्र सिह धामी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-२ बस्ने २६ वर्षका धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार जिल्ला अदालत कैलालीको फैसलाले उनलाई चोरी मुद्दामा २६ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिबाना तोकेको थियो । धामीलाई मंगलबार उनकै घर ठेगानाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।